साउन ३२ काठमाडौँ।
बागमती प्रदेश सरकारले यहि भदौ ४ गते गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो।
बिशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायले मनाउने यस पर्वको अवसरमा बागमती प्रदेश सरकारले नेपाल भाषालाई सरकारी कामकाजको भाषामा समावेश गरेको थियो।
साथै आजको मन्त्रीपरिषदको बैठकबाट मन्त्री लामिछानेलाई बागमति सरकारको प्रवक्ताको समेत जिम्मेवारी समेत प्रदान गरेको छ।