आगामी भदौ ९ गते बस्ने केन्द्रीय कमिटिको बैठकले बाँकी केन्द्रीय सदस्यको सपथ गर्ने छ।

भदौ ४ काठमाडौँ

नेकपा एकिकृत समाजवादीको आगामी केन्द्रीय कमिटीको बैठक आगामी भदौ ९, १० र ११ गते बस्ने भएको छ।गत असार १६ देखि २१गतेसम्म काठमाडौँमा सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्य केन्द्रीय कमिटी गठन गरेको थियो।४ दिनसम्म चलेको केन्द्रीय महाधिवेशनले बाँकी केन्द्रीय सदस्य र सो पार्टीले घोषणा गरेको २१ पदाधिकारीको नाम टुंग्याउन सकेको थिएन।त्यसै कारण गत साउन १० गते एकीकृत समाजवादीले २५१जना केन्द्रीय सदस्यको नाम टुंग्याउएको थियो।

यो सहित अब एकीकृत समाजवादीमा केन्द्रीय सदसयको संख्या ३४४ पुगेको छ।साथै यसले २१जना पदाधिकारीको संख्या अझै  टुंग्याउन सकेको छैन।आगामी भदौ ९ गतेदेखि शुरु हुन गैरहेको केन्द्रीय कमिटि बैठकको पहिलो दिन बाँकी २५१ कन्द्रिय सदस्यलाई पार्टी अध्यक्ष माधव कुमार नेपाललले सपथ गराउने कार्यक्रम समेत तय भएको बुझिएको छ।

शंखरापुरको प्रसिद्ध धार्मिक स्थल मणिचुड क्षेत्र(फोटो फिचर)

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा समाजवादी इन्जिनियर समूहको उम्मेद्वारी घोषणा