काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।
घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
अन्य पदकालागी महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीले उम्मेद्वारी दिएका छन् । मधेसी क्लस्टरको उपाध्यक्षमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । ४ जना उपाध्यक्ष खुलाको ठाउँमा मा ११ जनाले उम्मेदवरी दिएका छन् ।
जसमा ललितबहादुर बस्नेत क्षेत्री, गंगालाल तुलाधार, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बाँस्कोटाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट, भवानी खड्काको उम्मेद्वारी परेको छ ।
दलिततर्फ क्लष्टरमा निरादेवी जैरू, गणेश विश्वकर्मा र कृष्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् भने, आदिवासी जनजातितर्फ बलदेव चौधरी, राजन राई, टोकबहादुर तामाङ वाइवाको उम्मेदवारी परेको छ ।
खुलातर्फ श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, धनप्रसाद गौतम, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भूसाल, दिलकुमारी पन्त ९दिलु० नरेशकुमार शाही, सुधिर साह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, गुरू बुर्लाकोटी, विदुरप्रसाद सापकोटा र हस्तबहादुर शाहीको उम्मेदवारी परेको छ ।
त्यस्तै १०५ पोलिटब्यूरो सदस्यका लागि दुई सय ४ जनाको उम्मेदवारी परेको एकीकृत समाजवादीको केन्द्रीय निर्वाचतन कमिटीले जनाएको छ ।

नेकपा एसको उपाध्यक्षमा रामकुमारी झाक्रीको उम्मेद्वारी

एकीकृत समाजवादीको सचिव पदमा दामोदर अर्यालको उम्मेदवारी

Related Posts