काठमाडौं । नेकपा एकीकृत समाजवादीको खुल्ला सचिव पदमा दामोदर अर्यालले उम्मेदवारी दिएका छ्न् । यसअघि पार्टीको केन्द्रिय सदस्य तथा प्रचार विभागका उपप्रमुखको जिम्मेवारी संहालेका अर्यालले यसपटक खुल्ला सचिवमा उम्मेदवारी दिएका हुन् ।

बारा जिल्लामा जन्मेर काठमाण्डौमा कर्मथलो बनाएका अर्याल तत्कालिन नेकपा एमालेमा हुँदा युवा फाँटको सहइञ्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए । पार्टी विभाजनपछि खरो ढंगले एकीकृत समाजवादीको पक्षमा उत्रेका नेता हुन् । पछिल्लो पुस्तामा लोकप्रिय अर्याल उनका विभिन्न संचार माद्यममा समाजवादी आन्दोलको पक्षमा खरो ढंगले लेख रचनाहरु समेत आउने गरेका छन् ।

पाँच जना खुल्ला सचिवको पदमा २७ जनाको उम्मेदरी परेको छ ,
केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन । सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।

एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ: प्रचण्ड