सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्। ।
शनिबार अन्दाजी अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू एक वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाहरूको रहस्यमय मृत्यु भएको जनाए पनि विस्तृत सार्वजनिक गरिसकेको छैन ।
कार्कीकी पत्नी २९ वर्षीया अस्मिता न्यौपाने भने घटनालगत्तै सम्पर्कविहीन छिन् । प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको यो समाचार तयार पार्दा सम्म उनी फेला परेकी छैनन ।
घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले घटना रहस्यमय भएको र यसमा कुनै आपराधिक क्रियाकलाप भएको हुनसक्ने आशंका गरेको छ ।
सम्पर्कविहीन अस्मिता न्यौपानेको खोजीकार्यलाई प्राथमिकतामा राखिएको र प्रहरीले उनको सम्भावित ठेगाना र सम्पर्कमा रहेका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ ।