सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार बिहान सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डको असंसदीय राजनीतिले सदनमा किचलो भइरहेको आरोपसमेत लगाए ।

‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’ पोखरेलले भने ।

काठमाडौंका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको पोखरेलले बताए । बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न जरुरी नभएको उनको भनाइ थियो ।

 

तिजको दिन पशुपतिमा गरहगना लगाएर,बालबच्चा बोकेर नआउन कोषको आग्रह,कहाँ-कहाँबाट गर्न सकिन्छ पशुपतिनाथको दर्शन?

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

Related Posts