प्यूठान । नेकपा (एकीकृत समाजवादी ) प्युठानले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरूको पर्व तीजको अवसर पारेर सोमबार दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम प्युठानको बाग्दुला गोल्डेन कटेजमा सम्पन्न गरेको हो ।
हिन्दु नारिहरुको हरितालिका तिजको अवसरमा कार्यक्रम गरि जिल्ला कमिटीले आफ्नो पार्टीका महिला दिदी बहिनीहरूलाई दर खुवाउने तथा शुभकामना आदानप्रदान गरिएको थियो ।
एकीकृत समाजवादीको महिला संगठन अनेमसंघ (समाजवादी ) प्युठानका अध्यक्ष मिना थापा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चित्रकली बूढा मगर विषेश अतिथि नौबहीनी गाउँपालिका वडा न.३ का महिला सदस्य धनी झाँक्री, नौबहिनी गाउँपालिका वडा न. १ पूर्व दलित महिला सदस्य दल सरा सुनार अतिथि लाली सुनार, कमला गिरि हमाल,र मोति राम श्रेष्ठ रहेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य रेखा सुनारले गरेकी थिइन् ।
जिल्लाका विभिन्न स्थानबाट ७० बढी महीलाहरुको उपस्थिति रहेको नेकपा एकीकृत समाजवादी प्युठानका उप सचिव खिम सुनारले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्रकली बुढा मगरले यति धेरै महिलाहरू लाई एकै ठाउमा जमघट गराएर दर खुवाउने तथा शुभकामना आदानप्रदान र एकआपसमा दुःख सुख साट्ने अवसर जुटाएको भन्दै कार्यक्रमले समाजमा चाडपर्वका नाममा हुने गरेका भड्किला कृयाकलापलाई अन्त्य गर्दै परम्परागत मौलिकता जोगाउन र मौलिकता भनेको के हो र वास्तवमा दर खाने भन्ने कुरा के भन्ने कुरा समाजमा राम्रो सन्देश दिएको बताइन् ।
कार्यक्रमका अध्यक्ष श्रेष्ठले बर्खाको समयमा पनि यति धेरै दिदी बहिनी उपस्थित हुनुमा आफू र आफ्नो सङ्गठन खुशी भएको बताइन् । उनीहरूले मौलिक संस्कृति झल्कने विभिन्न गीत सँगित सहित मनोरञ्जन सहितका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।