चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ ।

अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । पहिरोको कारण काठमाडौं जाने बाटो दुईतर्फ नै अवरुद्ध छ ।

प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाइएको छ

आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागलुङमा बाढीले बगाउँदा दुईको मृत्यु, एक जना बेपत्ता

Related Posts