काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आरजु राणाको अमेरिका भ्रमण स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।
ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको पत्नी राधिका शाक्य पनि भ्रमण टोलीमा सहभागि हुनेगरी मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको छ ।