अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिस दिएका हुन् ।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भरसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिस गर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आफै नाम फिर्ता लिएको थियो ।

चिनले रुससंग संयुक्त सैन्य अभ्यास गर्दै

ओली सरकारले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको सांसद सुमना श्रेष्ठको आरोप

Related Posts