वनस्थलीस्थित सिंहको निवासमा दुई नेताबिच पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको बताइएको छ।

‘उहाँहरूबिच यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका दक्षिणपन्थी भड्काउहरूका विषयमा चर्चा र छलफल भयो’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भन्नुभयो।

भट्टराईले वामपन्थीहरू क्रान्तिकारी धारमा अगाडि बढ्नुपर्ने समयमा ठुला भनिने वामपन्थी पार्टीहरू नै दक्षिणपन्थी भड्काउमा लागेको प्रति दुवै नेताले चिन्ता व्यक्त गरेको पनि बताउनु भयो। साथै उनीहरूले वाम पार्टीहरू मोर्चा हुँदै एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

जातीय विभेद मावन सभ्यताको कलंक हो, यस्को समुल अन्त्य गर्नुपर्छ अध्यक्ष नेपाल

छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराध हो -अध्यक्ष प्रचण्ड