बुधबार राष्टियसभामा बोल्दै आर्थिक, सामाजिक रुपान्तरणको पक्षमा काम गर्नुपर्ने समयमा प्रस्तुत बजेटले काम गर्न नसक्ने डा.भुसालको भनाई छ। मुलुकमा शासकीय स्वरुप परिवर्तन भएपनि सोहीअनुसारको काम गर्न नसकिएको बताउँदै डा.भुसालले भन्नुभयो, ‘हामीले व्यवस्था परिवर्तन गर्यौं। तर, सोहीअनुसारको काम गर्न सकेनौँ। त्यसले गर्दा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने खालको गुनासो सुन्न परिरहेको छ।’

उहाँले अगाडि भन्नुभयो, ‘हामीले चाहेको गुणात्मक परिवर्तन हो। सोहीअनुरुपको बजेट आउछ भन्ने आशा गरिएको थियो। मैले यसअघिका बजेटसँग यो बजेटको तुलनासमेत गरेर हेरेँ। अघिल्ला बजेटभन्दा पछाडि रहेको पाएँ। रकममा अघिल्लो बजेटभन्दा यो अगाडि छ। तर, अनुपातमा हेर्दा यो बजेट प्रगतिशील छैन। अर्कातर्फ सैद्धान्तिक रुपमा हेर्दा यो श्रमजीवि वर्ग र जनताको पक्षमा छैन।’

जातीय भेदभाव तथा छुवाछूत विरूद्ध विचार गोष्ठि, पेसामाथि हस्तक्षेप हुन थालेकोमा चिन्ता

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर