काठमाण्डौं । विपक्षी दलहरुको अवरोधका कारण चल्न नसकेको संसद् सुचारु गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्।
सभामुख घिमिरेको सचिवालयका अनुसार आइतबार १२ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्नेछन्।
जेठ १५ मा बजेट ल्याउन दिएका उनीहरूले त्यसयता भने आफ्नो अडान कायमै राखेका छन्। तर, सत्ता पक्षले भने छानबिन समिति नबनाउने अडान लिइरहेको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले संसद अवरोध गर्दै आएका छन्।





