काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेर अग्नि सापकोटालाई पक्राउ गर्नबाट बचाएको आरोप लगाएका छन् ।

शुक्रबार संसदको अवरोध खुलाउन माओवादी केन्द्रले कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेपछि शाहीको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्-

ल बधाई छ, कमरेड प्रचण्ड उर्फ माओबादी साथीहरु, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडी हटे बापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्ब सभामुख अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा…बिडम्बनाका साथ भन्नुपर्छ, संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।

पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको अध्यक्ष नेपालको दाबी

प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट