काठमाण्डौं । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन् । देशका विभिन्न ४ स्थानमा आयोजना भएको कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन । ८० पिन्ट दाङ, ६१ पिन्ट काठमाडौँ, ६१ पिन्ट उदयपुर र १९ पिन्ट सुर्खेतमा रगत संकलन भएको थियो ।


विज्ञानले सबै कुराको आविश्कार गरे पनि रगतको आविश्कार गर्न नसकेको र रगतको माग पुरा गर्ने एकमात्र विकल्प रक्तदान भएकाले कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो ।


आध्यात्मिक तथा सामाजिक सस्थाको रुपमा विश्व सामु परिचय बनाएको संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ ।
जुन १४ लाई विश्व रक्तदान दिवसको रुपमा मनाउँदै आइएको छ ।

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले भन्यो- अध्यक्ष नेपालमाथिको मुध्दा राजनीतिक प्रतिशोध हो

एकीकृत समाजवादी लुम्बिनीको प्रथम बैठकले पारित गर्यो १५ बुँदे प्रस्ताव पारित