
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी स्याङ्जाको ऐतिहासिक नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले अध्यक्षमा शंकर धोज कार्की, उपाध्यक्षमा भोजराज सापकोटा (सन्तोष), गोपाल अर्याललाई चयन गरेको छ।
त्यस्तै सचिवमा नारायण तिवारी, उपसचिवमा शिव भट्टराई, मोहन गिरी, सन्तोष भण्डारीलाई सर्वसम्मत चयन गरेको नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो।
सचिव शर्माका अनुसार पार्टीका केन्द्रीय सचिव श्रीनाथ बराल, पोलिटब्यूरो सदस्य दिलु पन्त, ताज मोहम्मद मियाँ, गण्डकी अध्यक्ष कृष्ण बहादुर नेपाली, केन्द्रीय सदस्य शर्मिला पौडेललगायत, प्रदेश कमिटी, केन्द्रीय निकाय, जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो।




