देशप्रदेशराजनीतिविविधसमाजस्थानीय खबर

एकीकृत समाजवादी झापाले पुष्पलालको स्मृतिमा गर्यो आवास पुनर्निर्माण अभियान


झापा । ‘अब मेरो घर पनि हुनेछ’ यो भनाइ झापा भद्रपुर–२ की इन्द्रमाया कामीको हो, जसको आँखा घरको पुनर्निर्माण सुरु भएको हेर्दा रसाएको थियो।
नेकपा (एकीकृत समाजवादी) ले झापाका सबै १५ पालिकामा एक–एक जना विपन्न परिवारको घर पुनर्निर्माण गर्ने संकल्पसहित सुरु गरेको अभियानको पहिलो खुड्किलो इन्द्रमायाको जीवनमा आशाको उज्यालो बनेर झरेको छ।

पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसर पारेर सुरु गरिएको अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज पुष्पराज पोखरेलले गरेका छन् ।  उनले यो अभियान विपन्नका आँखामा खुसीका आँसु ल्याउने पार्टीको प्रयास  भएको बताए ।

अभियान संयोजक वासु दुलालका अनुसार झापाका सबै पालिकामा एक–एक विपन्न परिवारको आवास पुनर्निर्माण गरिनेछ। ‘सामाजिक न्यायको नारा अब हाम्रा काममा देखिन्छ’ दुलालले भावुक हुँदै  भने ।

उद्घाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ, प्रदेश सदस्यहरू तीर्थ सिग्देल, पदम सुब्बा, देबी अधिकारी, श्रीप्रसाद सिटौला, जिल्ला अध्यक्ष वीपी भट्टराईलगायत सयौं नेता–कार्यकर्ताहरूको सहभागिता थियो। कार्यक्रम जिल्ला कमिटी सचिव सानुकुमार लामाले सञ्चालन गरेका थिए ।

इन्द्रमाया जस्तै झापाका धेरै विपन्न परिवारलाई अब आफ्नै घरमा न्यानो अँगालो र आशाको छत पाउनेछन्। यो अभियान उनीहरूको जीवनमा नयाँ सुरुवातको संकेत बनेको छ।

पाँचथरको कुम्मायकले बाँदर हेर्ने कर्मचारी खटाउँदै

नेपाल-भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो : नेता खनाल