भक्तपुर । फेसन, कला र फोटोग्राफी प्रेमीहरूका लागि खुसीको खबर ! मध्यपुर थिमि- ९, राधे राधे स्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तल्लामा “कविता सुटिङ स्टुडियो एण्ड अनलाईन स्टोर प्रा.लि.” को समुद्घाटन भएको छ। असोज २५ गते आइतबार (तदनुसार ११ अक्टोबर २०२६) का दिन बहुआयामिक स्टुडियो सहित फेसन सपिङ सेन्टरको उद्घाटन भएको हो ।
“More than a Studio” भन्ने नाराका साथ सञ्चालनमा आएको यस स्टुडियोमा फोटोग्राफी र भिडियोग्राफी मात्र नभई फेसन र अनलाइन सपिङको अनौठो संगम पाउन सकिन्छ। सञ्चालिका कविता चापागाईंका अनुसार यहाँ ग्राहकहरूले एकै छानामुनि प्रोफेशनल फोटोग्राफी एण्ड भिडियोग्राफी, सांस्कृतिक पोशाक र फेसन पहिरन, फेसन ज्वेलरी, कस्टम प्रिन्टिङ तथा आधुनिक पडकास्ट स्टुडियो लगायतका सेवाहरू प्राप्त गर्न सक्नेछन्।
चाडपर्व विशेष अफर
नेपालीहरूको महान् चाडपर्वहरू नजिकिँदै गर्दा स्टुडियोले उद्घाटनको अवसर पारेर “Grand Opening & Festive Offer” सार्वजनिक गरेको छ। यस अन्तर्गत ग्राहकहरूले विभिन्न सेवा र सामानहरूमा ५०% सम्मको भारी छुट प्राप्त गर्न सक्नेछन्।
ज्वेलरी कलेक्सन: ५० प्रतिशतसम्म छुट
सांस्कृतिक तथा फेसन पहिरन: ४५ प्रतिशतसम्म छुट
स्टुडियो फोटोशुट बुकिङ: २० प्रतिशत छुट
पडकास्ट स्टुडियो बुकिङ: ३० प्रतिशत छुट
स्टुडियोमा मनमोहक लेहेंगा, सारी, कुर्ता, गाउन र सांस्कृतिक पहिरनका साथै उत्कृष्ट गहनाहरू उपलब्ध छन्। सञ्चालिका कविता चापागाईंका अनुसार “हाम्रो लक्ष्य ग्राहकहरूलाई गुणस्तरीय सेवाका साथै एउटा नयाँ अनुभव प्रदान गर्नु हो। हामीले एउटै ठाउँमा फेसन, कला र प्रविधिलाई जोड्ने प्रयास गरेका छौँ। यो नयाँ सुरुवातमा हामी सबैलाई सहभागी भई हाम्रा सेवा र अफरहरूको लाभ लिन हार्दिक निमन्त्रणा गर्दछौँ।”
सम्पर्क विवरण:
स्थान: ५ औं तल्ला, प्रजापति कम्प्लेक्स, राधे राधे, मध्यपुर थिमि-०९, भक्तपुर
फोन: ९८५१३६४१२७ / ९८५१००५१२५ / ०१-५९२९६२७
वेबसाइट: ksstudio.com.np
इमेल: kabitastudioandonlinestore@gmail.com
सोशल मिडिया: @kabitastudioandonlinestore
आफ्ना सुन्दर क्षणहरूलाई कैद गर्न, फेसनबल देखिन र विशेष अफरहरूको फाइदा उठाउन नबिर्सनुहोला !









छैन कमेन्ट